प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्।निर्वाचन आयोग नेपाल का अनुसार गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का उम्मेदवार प्रेमकुमार खत्री ले १५ हजार ३९८ मत प्राप्त गरेका छन्। गुरुङले खत्रीभन्दा १४ हजार ४९८ मत बढी ल्याएका हुन्।
यसैगरी, तेस्रो स्थानमा हरिराज अधिकारी रहेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अधिकारीले ११ हजार २२४ मत प्राप्त गरेका छन्।त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार रामचन्द्र लामिछाने ले ३ हजार ७३२ मत प्राप्त गरेका छन्।
















प्रतिकृया