बजारको चिरफारको कार्यक्रम ‘चिरफार बहस’ मा नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलसंग कर्णाली बैंक नियन्त्रणमा लिईसकेपछिको राष्ट्र बैंकको योजना, अन्य बैंकहरुको तरलता,खराब कर्जा र अब अरु बैंकहरु पनि समस्याग्रस्त हुने हो त् ? भन्ने जस्ता यावत विषयमा कुराकानी गरेका छौं।
रामु पौडेलले अहिले बैंक तथा वित्तिय संस्थाहरुको अवस्था चिन्ताजनक नभएको स्पष्ट परेका छन्। राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा प्रत्यक्ष रुपमा निगरानी राखिरहेको र अहिले सम्म अन्य कुनै पनि बैंकहरु समस्या नआएको बताएका छन्।
राष्ट्र बैंकले निगरानी राखिरहेको अवस्थामा पनि कर्णाली डेभेलपमेन्ट बैंकमा त्यत्रो रकम अपचलन परेको कुरा रास्ट्र बैंकलाई थाहा नै भएन त् ?भन्ने प्रश्नमा पौडेल भन्छन्, “कर्णाली डेभेलपमेन्ट बैंकको कमीकमजोरी पहिले नै थाहा थियो हामीले सुधारका लागि विभिन्न किसिमका निर्देशनहरु पनि दिएका थियौं तर उक्त निर्देशनहरु कार्यान्यन नभएको कारण जब कर्णालीमा गम्भीर किसिमका समस्या आएपछि हामीले नियन्त्रणमा लिएका हौँ।” कर्णाली बैंकलाई संस्थाको सुधार, डिपोजिटरको हितका लागि समयमै नियन्त्रणमा लिएका हौँ त्यसकारण यो घटनालाई आधार बनाएर कसैले पनि बैंक तथा वित्तीय संस्थाहरु प्रति संका नराख्न पौडेलले आग्रह गरेका छन्।
विगतमा पनि थुप्रै बैंकलाई समस्याग्रस्त घोषणा गरि नियन्त्रणमा लिएको र पछि बैंकलाई सुधार गर्दै डिपोजीटरको पैसा फिर्ता गरको हिस्ट्री रहेको पौडेलले बताएका छन्। कुनै पनि बैंकको खराब कर्जाको आधारमा संस्था समस्याग्रस्त हुँदैछ भनेर अनुमान गर्नु सहि नभएको बताउछन्। उनले बैंकको पुंजीको पर्याप्तता र अनुपात राम्रो छ भने संस्था ठिक छ त्यसलाई समस्याग्रस्त भन्न नमिल्ने बताए। नेपालमा खराब कर्जा केहि मात्रामा बढेको भएता पनि साउथ एसियाका अन्य देशहरुको तुलनामा निकै कम रहेको बताएका छन्।
पौडेलका अनुसार नेपालको बैंकहरुको डिपोजिट ग्रोथ डबल छ त्यस्तै कर्जाको ग्रोथ पनि ६% ले बढेको छ अहिले १६० अर्ब भन्दा बढी डिपोजिट रहेको र १५० अर्ब भन्दा बढी कर्जा गएको छ।
अन्त्यमा, पौडेलले कर्णाली बैंकको नामलाई खराब गराउन नभई सर्वसाधारणको हितलाई प्रोटेक्सन गर्न, बैंकलाई पहिलेकै लेभलमा पुराउन साथै अन्य बैंक तथा वित्तिय संथाहरु त्यस्तो नहोस भन्नका लागि नियन्त्रणमा लिएको र अब डिपोजिट फिर्ता दिने, संस्थागत डिपोजिट फिर्ता गर्ने र बैंक भित्रका अन्य समस्याहरु समाधान गरि बैंक छिट्टै व्यवस्थापकलाई फिर्ता गर्ने बताएका छन्।









![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)


![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)


![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया