रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयका लागि वित्त प्रमुख (विज्ञापन नं. ०८२/८३-१) पदमा करार सेवामा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। सूचना पहिलोपटक २०८३ आषाढ २८ गते प्रकाशित गरिएको हो। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्नेछ।
न्यूनतम शैक्षिक योग्यता र कार्यअनुभवको हकमा चार्टर्ड एकाउन्टेन्ट (सी.ए.) उत्तीर्ण गरी नेपाल सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ। जलविद्युत क्षेत्रमा वित्तीय व्यवस्थापन सम्बन्धी अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। नियुक्त हुने कर्मचारीसँग सुरुमा बढीमा ४ वर्षको करार सम्झौता गरिनेछ र कार्य सम्पादन मूल्याङ्कनको आधारमा करार अवधि थप गर्न सकिने व्यवस्था छ।
आवेदन दिन चाहने उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, कार्यअनुभव, नेपाली नागरिकताको प्रतिलिपि, समकक्षता आवश्यक भए सोको प्रमाणपत्र र वैयक्तिक विवरण (Bio-data) संलग्न गर्नुपर्नेछ। आवेदन कम्पनीको केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौँमा कार्यालय समयभित्र वा कम्पनीको आधिकारिक इमेल ठेगाना [email protected] मार्फत स्क्यान कपी पठाउन सकिनेछ। छोटो सूची (shortlist) मा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्तामा समावेश गरिनेछ।
थप सुचनामा:

