तीन दशक अगाडिदेखि बीमा क्षेत्रमा अग्रणी सेवा पुर्याउँदै आएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दमक शाखाका लागि सहायक पदमा कर्मचारीको आवश्यकता परेको छ। यस पदका लागि शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ। उम्मेदवार कम्प्युटरमा दक्ष हुनुका साथै नेपाली र अंग्रेजी टाइपिङमा अनिवार्य रूपमा निपुण हुनुपर्नेछ। जीवन बीमा व्यवसाय सम्बन्धि अनुभवी र स्थानीय व्यक्तिलाई विशेष ग्राहयता दिइनेछ। तलब र अन्य सुविधाहरू कम्पनीको नियमानुसार हुनेछ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो पूर्ण व्यक्तिगत विवरण (बायोडाटा), सम्पर्क फोन नम्बर र पासपोर्ट साइजको फोटो सहित आवेदन दिनुपर्नेछ। प्राप्त आवेदनहरू मध्ये उपयुक्त छनोटमा परेका आवेदकहरूलाई मात्र अन्तर्वार्ताका लागि बोलाइनेछ।
Closing in 0 days
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाका लागि कर्मचारी माग
नेशनल लाईफ इन्स्योरेन्सले दमक शाखाका लागि सहायक पदमा कर्मचारी माग गरेको छ।
| Recruitment Summary | |
|---|---|
| Company | National Life Insurance Company Limited |
| Notice Date | 22/06/2026 |
| Deadline | 28/06/2026 |
