पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज साँझसम्म वार्डमा सार्ने तयारी गरिएको छ।
गत सोमबार पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा ल्योप्रोस्कोपी विधिबाट निकालिएपछि उनी हाल आईसीयूमा उपचाररत छन्।
चिकित्सकका अनुसार पित्तथैलीको सफल शल्यक्रियापछि उनलाई आज साँझ वार्डमा सार्ने तयारी भइरहेको छ र अझै तीन–चार दिन अस्पतालमै रहनुपर्ने हुनसक्छ।
यसअघि पक्राउ परेका ओलीलाई सर्वोच्च अदालतको आदेशपछि पत्नी राधिका शाक्यको जिम्मा लगाएर अस्पतालमै उपचार गर्न अनुमति दिइएको थियो। त्यसअघि उनी ‘जेनजी आन्दोलन दमन’ सम्बन्धी आरोपमा अनुसन्धानका क्रममा पक्राउ परेका थिए।
















प्रतिकृया