insta insta

नेप्सेमा एनएमबि बैंकको अग्राधिकार सेयर सूचीकृत, कहिलेबाट कारोबार सुरु हुने ?

नेप्सेमा एनएमबि बैंकको अग्राधिकार सेयर सूचीकृत, कहिलेबाट कारोबार सुरु हुने ?
Advertisement Ads

एनएमबि बैंकको अग्राधिकार सेयर आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्सेमा बैंकको ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार सेयर’ सूचीकृत गरिएको हो। उक्त सूचीकृत सेयर १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता रहेको छ।

बैंकले यस अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तोकेको छ, जुन मुनाफा भएको वर्षमा मात्र वितरण गरिने व्यवस्था रहेको छ।

सूचीकृत भएपछि अब यो अग्राधिकार सेयर भोलि बुधबारदेखि कारोबारमा आउनेछ। तर, यो सेयरको खरिद-बिक्री संस्थागत लगानीकर्ताहरू बीच मात्र हुने व्यवस्था गरिएको छ। सर्वसाधारण र सामूहिक लगानी कोषले यसमा कारोबार गर्न पाउने छैनन्।

nmb preference shares listed notice 1780381240902 https://bajarkochirfar.com/nmb-banks-preference-shares-listed-on-nepse-when-will-trading-begin | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स