राष्ट्रिय सभाबाट निर्वाचनसहित तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत

राष्ट्रिय सभाबाट निर्वाचनसहित तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत

राष्ट्रिय सभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेशसहित तीनवटा अध्यादेश सर्वसम्मतिले स्वीकृत भएका छन्।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२, र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृतिका लागि प्रस्तुत गरेका थिए।

अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्ताव निर्णयार्थ पेस गर्दा सबै सदस्यको सहमतिमा ती अध्यादेशहरू पास भएका हुन्। सभाको अर्को बैठक माघ २३ गते शुक्रबार, १:१५ बजे बस्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स