धनकुबेरहरूको सूचीको मस्क पहिलो, चौधरीको सम्पत्ति एक वर्षमा २० करोड डलर बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २१ गते
धनकुबेरहरूको सूचीको मस्क पहिलो, चौधरीको सम्पत्ति एक वर्षमा २० करोड डलर बढ्यो

विश्वप्रसिद्ध पत्रिका फोर्ब्स ले सन् २०२५ का लागि वार्षिक अर्बपति सूची सार्वजनिक गरेको छ, जसमा १ अर्ब डलरभन्दा बढी सम्पत्ति भएका २,९३३ अर्बपतिहरू समेटिएका छन्। यस वर्षको सूचीमा टेस्ला र स्पेसएक्सका मालिक एलन मस्क शीर्ष स्थानमा छन्।

अमेरिकी सरकारी प्रभावकारिता विभाग (DoJ) का प्रमुखसमेत रहेका मस्कसँग ३०० अर्ब डलर सम्पत्ति रहेको छ। दोस्रो स्थानमा मेटाका संस्थापक मार्क जुकरबर्ग छन्, जसको सम्पत्ति २१६ अर्ब डलर पुगेको छ भने अमेजनका संस्थापक जेफ बेजोस २१५ अर्ब डलरसहित तेस्रो स्थानमा छन्।

यस सूचीमा १०० अर्ब डलरभन्दा बढी सम्पत्ति भएका अन्य १२ अर्बपतिहरू पनि छन्, जसमा बर्नार्ड अरनल्ट र परिवार, वारेन बफेट, ल्यारी पेज, सर्गेई ब्रिन, अमान्सियो ओर्टेगा, स्टीव बाल्मर, रोब वाल्टन र परिवार, जिम वाल्टन र परिवार, बिल गेट्स, माइकल ब्लूमबर्ग, एलेस वाल्टन लगायतका नाम समावेश छन्। नेपालबाट विनोद चौधरी एक मात्र अर्बपति हुन्, जसको सम्पत्ति २ अर्ब डलर पुगेको छ। फोर्ब्सको सूचीमा उनी १,७६३ औं स्थानमा छन्। गत वर्ष १.८ अर्ब डलर सम्पत्ति भएका चौधरीको सम्पत्ति २० करोड डलरले वृद्धि भएको फोर्ब्सले जनाएको छ।

देशगत रूपमा हेर्दा, चीनका झाङ यिमिङ (टिकटकका संस्थापक) ६५.५ अर्ब डलर सम्पत्तिसहित चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्, भने भारतका मुकेश अम्बानी ९२.५ अर्ब डलर सम्पत्तिसहित भारतका शीर्ष अर्बपति बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स