मानुषी लघुवित्तले कर्मचारी माग्यो, आवेदन कहिलेसम्म दिन सकिन्छ ?
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
संस्थाले व्यवस्थापन (प्रशिक्षार्थी), वरिष्ठ सहायक (शाखा प्रमुख), र कनिष्ठ सहायक पदका लागि कुल ६ जनाको दरखास्त माग गरेको हो।
इच्छुक र योग्य नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।
दरखास्त लघुवित्तको केन्द्रीय कार्यालयमा आफैं पुगेर वा इमेलमार्फत [email protected] मा पठाउन सकिन्छ।