महालक्ष्मी विकास बैंकमा जागिर खाने अवसर
महालक्ष्मी विकास बैंकले विभिन्न पदमा कर्मचारीहरूको माग गरेको छ।
बैंकले सेन्ट्रल कार्ड डिपार्टमेन्टका लागि १ जना, डिजिटल ट्रान्सफर्मेसन अफिसरका लागि १ जना, पूर्ण रूपमा योग्य सीएका लागि १ जना, ब्रान्च म्यानेजर र अपरेसन इन्चार्जका लागि केही जना, इन्भाइरोमेन्टल एन्ड सोसियल रिस्क म्यानेजमेन्टका लागि १ जना, र एकाउन्टेन्टका लागि २ जना कर्मचारी माग गरेको हो।
साथै, अफिसर लेभलका अन्य पदहरूका लागि पनि केही संख्यामा कर्मचारीको आवश्यकता रहेको छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि सूचनामा उल्लेख गरिएको क्यूआर कोड स्क्यान गरी आफू उपयुक्त रहेको पदमा आवेदन दिन सकिनेछ।