महावीर पुनले भने, “आदर्श भाइ, प्रधानमन्त्रीको इज्जत जोगाउन त्यो पद नलिऊ”

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २ गते
महावीर पुनले भने, “आदर्श भाइ, प्रधानमन्त्रीको इज्जत जोगाउन त्यो पद नलिऊ”

पूर्वशिक्षामन्त्री तथा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका महावीर पुनले प्रधानमन्त्री सुशीला कार्की द्वारा राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्नै प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठको मनोनयन भएपछि उक्त पद नलिन आग्रह गरेका छन्।

आइतबार प्रधानमन्त्री कार्कीले आदर्शलाई कोषको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेपछि पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। उनले प्रधानमन्त्रीको निर्णय “सय प्रतिशत गलत” भएको भन्दै आदर्शलाई पद नलिन आग्रह गरेका छन्।

पुनले भनेका छन्, “आर्दश भाई, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नको खातिर त्यो पद नलिऊ। त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ।”

उनले नातावाद, चाकरीवाज, कृपावाद र चापलुसीवाद जस्ता प्रवृत्तिले पुराना दलहरू समाप्त भएको उदाहरण उल्लेख गर्दै, यस्ता अभ्यास भए नयाँ दलहरू पनि कालान्तरमा मासिने चेतावनी दिएका छन्।

पुनले अन्तिममा भनेका छन्, “होसियार गर्ने म छु। अब आउने सरकारले बुद्धि पुर्याएर यो नियुक्ति गरोस्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स