ट्रम्पको आर्थिक एजेण्डामा रमाउँदै लगानीकर्ता, अमेरिकी सेयर बजारमा भित्रियो १४० अर्ब डलर
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनावमा जीत हात पारेपछि अमेरिकी सेयर बजारमा लगानीकर्ताले १४० अर्ब डलरभन्दा बढी रकम लगानी गरेका छन्। ट्रम्पको प्रशासनले कर कटौती र सुधारमार्फत आर्थिक वृद्धि गर्ने अपेक्षाले लगानीकर्ताको ध्यान अमेरिकी बजारमा तानिएको अमेरिकी आर्थिक पत्रिका फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।
ट्रम्पको जितपछि गएको नोभेम्बर महिना सन् २००० देखि अहिलेसम्मकै सेयर बजारको सबैभन्दा व्यस्त महिना बनाएको छ। डाटा प्रदायक EPFR ले फाइनान्सियल टाइम्सलाई दिएको तथ्याङ्क अनुशार ट्रम्पले नोभेम्बर ५ मा चुनाव जितेपछि अमेरिकी सेयर फन्डमा $१३९.५ अर्बको लगानी भित्रिएको छ।
यससँगै अमेरिकी सेयर बजार नयाँ उचाइमा पुर्याएको छ। अमेरिकी मुख्य सेयर सूचकांक एसएन्डपी ५०० चुनावपछि ५.३% ले बढेको छ। यस वर्ष यो सूचकांक २८% ले वृद्धि भइसकेको छ। साना कम्पनीहरूको सूचकांक रुस्सेल २००० ले पनि तीन वर्षमा पहिलोपटक नयाँ रेकर्ड बनाएको छ।
ट्रम्पको आर्थिक एजेन्डाले खास गरी बजारलाई उत्साहित बनाएको छ। कर कटौती गर्ने उनको प्रतिबद्धता साथै बजार-अनुकूल व्यक्तिहरूलाई प्रशासनमा नियुक्त गर्ने कदमले लगानीकर्ताको मन जितेको छ।