सेयर बजारमा पैसा डुबेर डिप्रेस्ड हुनुहुन्छ भने नेपाल सरकारले गरिसकेको छ यस्तो व्यवस्था

अनिता त्रिपाठी
अनिता त्रिपाठी
२०८१ बैशाख २८ गते
AdvertisementAds
सेयर बजारमा पैसा डुबेर डिप्रेस्ड हुनुहुन्छ भने नेपाल सरकारले गरिसकेको छ यस्तो व्यवस्था
AdvertisementAds

विगत २ वर्षभन्दा लामो समयदेखि सेयर बजारमा गिरावट आईरहेको छ। ३२२७ को बिन्दुबाट १८०७ सम्म नेप्से परिसूचक खस्दा सेयर बजारका लगानीकर्ताको सम्पती आधा भईसकेको छ। खाँडी गएर साहुको दुर्व्यवहार सहेर दिन रात नभनी कमाएको पैसा अलि बढ्ला जसले गर्दा परिवारको भबिष्य राम्रो बनाउँला भनि जोखिम लिएर गरेको लगानी घट्दा कैयौंलगानीकर्ताहरु पीडामा छन्।

अधिकांश व्यक्तिहरुले आफ्नो जीवन भरको कमाई लगानी गरेका छन्। घटबढ हुनु मार्केटमा नर्मल कुरा हो, आर्थिक संकट भनेको एउटा फेज हो पछि समय संगै सबै ठिक हुँदै जान्छ तर पनि कहिले कहिँ यसले ठुलो रुप लिन सक्छ । चिन्ता भइरहेको बेला तुरुन्तै कुनै पनि निर्णय नलिनु उचित हुन्छ । जस्तै तपाईंले प्रतिकित्ता ८०० रुपैंयाँमा किन्नुभएको सेयरको मूल्य ४०० रुपैयाँमै झरेपनि आफ्नो पर्सनल लाइफमा त्यो कुराले इफेक्ट पार्न दिनु भएन। भन्छन नि: ‘स्वास्थ्य नै धन हो।’ परिवार नै सबैभन्दा ठुलो हो। तपाईं अहिले जति दु:ख मेहेनत गरिराख्नु भएको छ त्यो सबै परिवारको लागि नै हैन र ?

श्रीमतीलाई खुसी बनाउन ठूला ठूला मल लगेर सपिङ्ग गरिदिनु पर्दैन उनी साना साना प्रयासले पनि खुसी हुन्छिन। तपाईं जस्तै उनि पनि थाकेर काम बाट आउछिन एकछिन किचेनमा बसेर मिठो बचन बोल्दैमा उनिखुसिहुन्छिन।उनिखुसि त बालबच्चा खुसि बालबच्चा खुसि त परिवार खुसि अनि भएन त घर स्वर्ग जस्तो ?

आफ्नो पीडालाई कम गर्न सबैसंग नम्र हुनुस। दैनिक परिवारसंगै व्यायाम गर्नुस। महँगो रेष्टुरेण्टमा आफ्ना साथीहरुसँग बसेर अस्वस्थकर खाने कुरा पेयपदार्थको लागि हजारौं खर्च गर्नुको सट्टा श्रीमतीले बनाएको घरको तातो मिठो खानेकुरा खाँदा कत्ति धेरै फाइदा हुन्छ। एक त तपाईंको श्रीमती खुसी अर्को आफ्नो पैसाको बचत। सबैभन्दा ठूलो कुरा आफ्नो स्वास्थ्यको हेरचाह पनि हुने।

स्वस्थकर खाने कुरा खाइरहेको, नियमित व्यायाम पनि गरिरहेको बाहिरबाट हेर्दा राम्रै देखिरहेको तर भित्र आफुलाई डाउन महसुस भैरहेकोछ, नकारात्मक विचारबाट आफूलाई बहिर निकाल्न नसकिरहनु भएको छ भने तपाइले परामर्श दाताहरुसँग सल्लाह लिँदा नै राम्रो हुन्छ। व्यापारमा धेरै घाटा बेहोर्नु परेर फलानोले आत्महत्या गर्यो रे भनेको सुन्दा तपाइको परिवार र ति कोमल अवोध सन्तान माथि कत्तिको असर पर्ला ?

AdvertisementAds

आत्महत्या दुर्घटना हुन बाट जोगाउन नेपाल सरकारले एउटा अभियान सुरु गरेको छ जसमा तपाईंले एक्लोपन साथै नकारात्मक विचार धेरै उत्पन्न भइरहने बारम्बार आत्महत्याको प्रयास गर्न मन लाग्ने भइरहेको छ भने तपाइले जुनसुकै समयमा पनि निशुल्क रुपमा ११६६ मा कल गरेर परामर्श लिन सक्नु हुन्छ । तपाईं जुनसुकै उमेर समुहकोले पनि ढुक्क भएर कल गर्न सक्नुहुन्छ आफुलाई लागेको पिडा मनमा दबेर बसेको सम्पूर्ण कुराहरु परामर्श दाता संग राखेर मन शान्त गर्न सक्नु हुन्छ । उहाँहरुले तपाइको अवस्था हेरी अफिस भिजिटको सल्लाह पनि दिन सक्नु हुन्छ जहाँ टिकटको ५० रुपैयाँ बाहेक अन्य परामर्श निशुल्क रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स