स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत आयोजनाको आईपीओ निष्कासन रोकिँदा उर्जा क्षेत्र अन्योलमा परेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले संसदीय समिति र धितोपत्र बोर्डका कारण सर्वसाधारणलाई सेयर दिन नपाएको स्पष्ट पारे।
‘सरकारले १० प्रतिशत सेयर स्थानीय तहलाई दिनुपर्छ भन्ने कानुनी व्यवस्था गरेको छ,’ कार्कीले भने, ‘तर धितोपत्र बोर्डले आईपीओ स्वीकृत नदिएसम्म उत्पादकले सेयर दिन सक्दैनन्। स्थानीयले सेयर नपाएको भन्दै उत्पादकको गाडीसमेत तोडफोड गरेका घटनाहरू भएका छन्।’
उनका अनुसार जलविद्युत क्षेत्रमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भए पनि नीतिगत अन्योलका कारण उत्पादकहरू समस्यामा परेका छन्। संघीय संसद्को लेखा समितिको निर्देशनले आईपीओ निष्कासन रोकिएको उल्लेख गर्दै उनले तत्काल समाधान निकाल्नुपर्नेमा जोड दिए।
‘संघीय संसद्को लेखा समिति र अर्थ समितिबीच नै मत बाँझिएको छ,’ उनले भने, ‘हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानु परेको छ।’







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)











प्रतिकृया