ग्लोबल आइएमई बैंकले आफ्नो १९औं वार्षिक साधारण सभा आगामी कात्तिक २६ गते बस्ने गरी आह्वान गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।
सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गरिने बैंकले जनाएको छ।
त्यससँगै, गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट प्राप्त सुझाव वा निर्देशन अनुसार हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पनि सभाको एजेन्डामा समावेश गरिएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १६ गतेदेखि बुक क्लोज गर्ने भएको छ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया