गरिमा विकास बैंक लिमिटेडले आगामी वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि कार्तिक १८ गते बुक क्लोज मिति तय गरेको छ। बैंकको कार्तिक २ गते बसेको सञ्चालक समितिको ३३५औँ बैठकले बुक क्लोज मिति निर्धारण गरेको हो। यस अनुसार कार्तिक १७ गतेसम्म कायम सेयरधनीहरू मात्र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्ने पात्र हुनेछन्।
बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसअन्तर्गत ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरिएको हो। उक्त प्रस्ताव पारित गर्न कम्पनीले कार्तिक २७ गते पोखरामा वार्षिक साधारणसभा बोलाएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया