सिद्धार्थ बैंकद्वारा शाखा कार्यालयहरुको समायोजन तथा स्थानान्तरणको घोषणा

Jul 3, 2026

सिद्धार्थ बैंकले आफ्ना विभिन्न ७ वटा शाखा कार्यालयहरूलाई अन्य कायम रहने शाखाहरूमा समायोजन गर्ने निर्णय गरेको छ। बैंकले काठमाडौँ, ललितपुर र पोखराका साविकका शाखाहरूलाई नजिकैका अन्य शाखाहरूमा गाभेर आगामी २०८३ श्रावण १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने जनाएको छ।

शाखा समायोजन गर्दा ग्राहकहरूको खाता, व्यक्तिगत विवरण र लकर सेवा समेत सम्बन्धित कायम रहने शाखामा स्वतः स्थानान्तरण हुनेछन्। साथै, बैंकले समायोजन हुन लागेका शाखाहरूका पुराना आन्तरिक साजसज्जा तथा संरचनाहरू बिक्री गर्न लागेकाले इच्छुक व्यक्ति वा संस्थालाई २०८३ असार ३२ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स