माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा कुल १७,२०,००० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएकोमा वैदेशिक रोजगारी, सामूहिक लगानी कोष र कर्मचारीलाई कटाएर बाँकी १४,२७,६०० कित्ता बाँडफाँड गरेको हो।
विक्रि प्रबन्धक एनआईएमबी एस क्यापिटलका अनुसार कुल २८,१५,६७९ योग्य आवेदकहरूमध्ये गोलाप्रथाबाट १,४२,७६० जनाले प्रतिव्यक्ति १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। यो निष्काशन २०८३ असार ३ गतेदेखि ८ गतेसम्म खुल्ला गरिएको थियो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
