नेप्सेद्वारा सिटिजन्स म्युचुअल फण्ड २ (CMF2) को सूचीकरण खारेज

Jul 3, 2026

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ‘सिटिजन्स म्युचुअल फण्ड २ (CMF2)’ को सूचीकरण खारेज गर्ने निर्णय गरेको छ। सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस ७ वर्षे बन्दमुखी योजना मिति २०८३ असार २१ गते परिपक्व हुन लागेकोले यो कदम चालिएको हो। प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका ५ करोड ६० लाख इकाई रहेको यस फण्डको सूचीकरण २०८३ असार २० गतेदेखि लागू हुने गरी खारेज गरिएको छ। सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम योजना खारेजी प्रक्रिया अगाडि बढाइएको नेप्सेले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स