नेपाल स्टक एक्सचेन्ज लिमिटेडले भुजुङ्ग हाइड्रोपावर लिमिटेडको एक करोड कित्ता साधारण सेयर सूचीकरण गरेको छ। नेप्से र कम्पनीबीच २०८२ चैत ५ गते सूचीकरण सम्झौता सम्पन्न भएको छ।
यसअन्तर्गत सर्वसाधारणको २० लाख र संस्थापकको ८० लाख कित्ता सेयर सूचीकृत भएका छन्। कम्पनीको दोस्रो बजार कारोबार २०८२ चैत ८ गतेदेखि सुरु हुनेछ भने आरटीएस सेवा कुमारी क्यापिटलले प्रदान गर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
