रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आफ्नो ओपनिङ रेन्ज सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै बुक बिल्डिङ प्रक्रियाबाट निर्धारण भएको मूल्यलाई सम्मान गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयरको पहिलो कारोबारका लागि रु १०० देखि रु ३०० सम्मको ओपनिङ रेन्ज तोकेको छ, जुन अंकित मूल्यको अधिकतम तीन गुणासम्म मात्र हो। कम्पनीले भने यो निर्णय बुक बिल्डिङ विधिबाट तय गरिएको निष्काशन मूल्यको मर्म र अभ्याससँग मेल नखाने जनाएको छ।
बुक बिल्डिङ विधि परम्परागत निष्काशनभन्दा फरक र बजारआधारित प्रणाली भएकाले सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणमा पनि सोही आधारलाई ध्यान दिनुपर्ने कम्पनीको तर्क छ। यस विषयमा ध्यानाकर्षण गराए पनि अन्ततः कम्पनी सूचीकरण प्रक्रिया अघि बढाउन बाध्य भएको जनाएको छ।
तोकिएको ओपनिङ रेन्जका कारण कम्पनीको सेयर सर्वसाधारणलाई जारी गरिएको मूल्यसम्म पुग्न न्यूनतम ११ दिन लगातार सकारात्मक सर्किट लाग्नुपर्ने देखिएको छ।



















प्रतिकृया
हुनत रिलायन्स सुरू देखिनै
चोर बाटोबाट नेप्से आयको हो।