आईपीओ भर्ने लगानीकर्तालाई नेप्सेको ‘सरप्राइज’: अब नेटवर्थ जतिसुकै होस्, ओपनिङ रेन्ज ३०० माथि नजाने!

आईपीओ भर्ने लगानीकर्तालाई नेप्सेको ‘सरप्राइज’: अब नेटवर्थ जतिसुकै होस्, ओपनिङ रेन्ज ३०० माथि नजाने!

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आईपीओ निष्कासनपछि सूचीकरण हुने कम्पनीहरूको पहिलो कारोबारका लागि तोकिने ओपनिङ रेन्ज सम्बन्धी नियम परिवर्तन गरेको छ।

यसअघि नेप्सेले कम्पनीले विवरणपत्रमा उल्लेख गरेको प्रतिसेयर नेटवर्थको अधिकतम तीन गुणा मूल्यलाई आधार मानेर पहिलो कारोबारको ओपनिङ रेन्ज तोक्ने गर्दथ्यो। तर नयाँ व्यवस्थाअनुसार नेप्सेले पोजेटिभ नेटवर्थ भएका कम्पनीहरूको हकमा, नेटवर्थ जति भए पनि सेयरको अंकित मूल्य (फेस भ्यालु) लाई आधार मानी फेस भ्यालुको अधिकतम तीन गुणासम्मको ओपनिङ रेन्ज तोक्नेछ।

यस्तै नेगेटिभ नेटवर्थ भएका कम्पनीहरूको हकमा भने सोही नेटवर्थलाई आधार मानी तीन गुणासम्मको ओपनिङ रेन्ज तोकिने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन्।

नयाँ व्यवस्थाअनुसार, शुक्रबार सूचीकरण भएका रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको पहिलो कारोबारका लागि नेप्सेले १००–३०० रुपैयाँको ओपनिङ रेन्ज तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
7 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ashok
Ashok
21 hours ago

Napexan chor harile

Anil
Anil
21 hours ago

Yo nepse le swikrit kina diyo ipo niskasan garna lai 15 ota ipo varda one parexa mula tyas ma ni loss hune vayo

Shyam Timsina
Shyam Timsina
20 hours ago

छ्या भनेँ, रिलाएन्सको सन्दर्भमा चाहिँ

Subash Chaudhary
Subash Chaudhary
20 hours ago

एउटा कम्पनीले नेप्सेको नियम जो परिवर्तन गर्न सक्ने आँट राख्द छ । यो उक्त कम्पनीको पावर भनम या नेप्से काे कमजोरी….

Dinesh
Dinesh
7 hours ago

यो नियम पहिल्यै आउनु र्पने।
अब IPO 60/40 को आधारमा
आउनु र्पछ। नत्रभने 10%IPO निकाल्ने circuit
लगाउने महँगोमा सर्वसाधारण लाई भिडाउने मात्र हुन्छ।

Sagar Raut
Sagar Raut
7 hours ago

अब यो नियमले लगानी कर्ता लाई कस्तो कम्पनी मा ipo भर्ने कस्तो कम्पनी मा न भर्ने आफैले निर्णय गर्ने भन्ने जनाउछ ।

SOHAN TAMANG
SOHAN TAMANG
2 hours ago

Reliance Spinning ko IPO PREMIUM MA approve chai kina gareko Sebon le ? 11 days +Circuit hannu parne afno sawa uthauna ni? Ani bechca chai kasle loss ma??

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स