नेपालीरिका होटेलले ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

नेपालीरिका होटेलले ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता रु. १०० अंकित दरका ५० लाख कित्ता सेयर जारी गरी कुल रु. ५० करोड बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको हो।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड लाई नियुक्त गरिएको छ। यस सम्बन्धमा कम्पनीका अध्यक्ष भोलेश्वर दुलाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच नयाँ बानेश्वर, काठमाडौंस्थित क्यापिटलको कार्यालयमा माघ २९ गते द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार निकट भविष्यमा साधारण सेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ।

मोरङको विराटचोकमा अवस्थित नेपालीरिका होटेल पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य उद्योगमध्ये एक मानिन्छ। होटलमा १४६ वटा सुविधासम्पन्न कोठा तथा सुइट, बहुउद्देश्यीय हल, विवाह तथा कर्पोरेट कार्यक्रमका लागि उपयुक्त स्थल व्यवस्था रहेको छ। त्यस्तै, दमकस्थित शाखामा ३९ वटा कोठा तथा सुइट, रेस्टुरेन्ट, बार तथा ५० देखि १५०० जनासम्मका लागि भोज तथा सम्मेलन सुविधा उपलब्ध छन्।

कम्पनीले आईपीओमार्फत पुँजी विस्तार गर्दै पारदर्शिता अभिवृद्धि, आतिथ्य तथा पर्यटन क्षेत्रको प्रवर्द्धन र विशेषगरी पूर्वी नेपालमा लगानी अवसर विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स