विभागले दियो मोदी ईनर्जीलाई हकप्रद सेयर जारी गर्ने पूर्वस्वीकृति, कति प्रतिशत हकप्रद जारी गर्ने ?

विभागले दियो मोदी ईनर्जीलाई हकप्रद सेयर जारी गर्ने पूर्वस्वीकृति, कति प्रतिशत हकप्रद जारी गर्ने ?

मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि विद्युत् विकास विभागबाट पूर्व स्वीकृति प्राप्त गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:०.९००२९ अर्थात् ९०.०२९ प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो।

कम्पनीले आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेख्दै नियामक निकायबाट हकप्रद सेयर निष्काशनको पूर्व स्वीकृति प्राप्त भएको जानकारी गराएको छ। विद्युत् विकास विभागले मिति २०८२ माघ २१ गते कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि पूर्व स्वीकृति प्रदान गरेको पत्रमा उल्लेख छ।

विद्युत् विकास विभागबाट पूर्व स्वीकृति प्राप्त भएसँगै अब कम्पनीले हकप्रद सेयर निष्काशनको अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिने प्रक्रिया अघि बढाउनेछ। कम्पनीले गत साउन ३० गते सञ्चालक समितिको बैठकमार्फत हाल कायम चुक्तापुँजीको आधारमा १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो।

623153802 1934279024121672 2677410410103546303 n 1 https://bajarkochirfar.com/the-department-has-given-prior-approval-to-modi-energy-to-issue-right-shares-what-percentage-of-right-shares-will-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स