होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणका लागि भोलि माघ २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई कुल ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।
उक्त आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ। कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले पौष २० गते होटल फरेस्ट इन् लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

















प्रतिकृया