नेप्सेमा आज हरियाली छाएको छ । आज एकैदिन सेयरबजार परिसूचक नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा बन्द भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन हिजो (सोमबार) नेप्सेमा करेक्सन आएको थियो। आज (मंगलबार) भने बजार ठुलो अंकले बढेको छ ।
दिनभरमा ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ । दिनभरमा २३४ कम्पनीहरुको सेयरमूल्य बढ्दा ८ कम्पनीको मात्र सेयरमूल्य घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुपको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।








![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)
![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)







![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया