सांसद डा. प्रकाशशरण महतद्वारा सेयर बजारको ‘बुलिस ट्रेन्ड’ स्वभाविक नभएको टिप्पणी

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २१ गते
सांसद डा. प्रकाशशरण महतद्वारा सेयर बजारको ‘बुलिस ट्रेन्ड’ स्वभाविक नभएको टिप्पणी

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव (बुलिस ट्रेन्ड) स्वभाविक नभएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले कतिपय संस्थाको सेयरमा भाउ अस्वभाविक रुपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वभाविक लिन नसकिने बताएका छन् ।

उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिएका छन् ।

महतले राष्ट्र बैंकद्वारा सार्वजनिक गरे मौद्रिक नीति र कांग्रेस–एमाले सरकारका कारण आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स