वाणिज्य बैंकहरुको चिरफार, कुन सूचकमा कुन बैंक देखियो अब्बल ?

सुलोजा तिवारी
सुलोजा तिवारी
२०८१ श्रावण २३ गते
वाणिज्य बैंकहरुको चिरफार, कुन सूचकमा कुन बैंक देखियो अब्बल ?

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा ६० अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएका छन। सोही अवधिमा १९ मध्य १२ वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात बढेको देखिएको छ। हामीले यस लेखमा बैंकका विभिन्न वित्तीय सूचकहरु प्रस्तुत गरेका छौ।

१ चुक्ता पुँजी:
गत आर्थिक वर्षमा ७ बैंकहरुको चुक्ता पूँजी बढेको छ। वाणिज्य बैंकहरु मध्य सबैभन्दा बढी चुक्ता पूँजी ग्लोबल आईएमई बैंकको ३६ अर्ब १२ करोड रुपैयाँ रहेको छ। गत वर्ष एनआईसी एशिया बैंकको चुक्ता पूँजी सबैभन्दा बढी बढेको छ। धेरै चुक्ता पूँजी हुने बैंकहरु क्रमशः ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, कुमारी बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र स्टान्डर्ड चार्टर्ड बैंक रहेका छन्।

२: खुद नाफा
गत आर्थिक बर्षमा १९ वाणिज्य बैंकहरुले ६० अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएका छन। गत आषाढ मसान्त सम्ममा सबैभन्दा बढी खुद नाफा नबिल बैंकले कमाएको छ भने सबैभन्दा थोरै खुद नाफा कमाउनेमा माछापुच्छ्रे बैंक रहेको छ। नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ कमाएको छ।
धेरै नाफा कमाउने बैंकहरु क्रमशः नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंक रहेका छन्।

निष्क्रिय कर्जा अनुपात:
गत आर्थिक बर्षमा १९ मध्य १२ वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात बढेको देखिएको छ भने कुमारी, हिमालयन बैंक, प्रभु बैंक, प्राइम बैंक, नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकले मात्र निष्क्रिय कर्जा घटाएका छन् । सबैभन्दा बढी निष्क्रिय कर्जा कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको समान ४.९५ प्रतिशत रहेको छ भने एभरेष्ट बैंकको निष्क्रिय कर्जा अनुपात सबैभन्दा थोरै ०.७१ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी निष्क्रिय कर्जा अनुपात एनआईसी एशियाको १.६३ प्रतिशत बढेको छ भने सबैभन्दा बढी नेपाल एसबीआई बैंकको निष्क्रिय कर्जा ०.४३ प्रतिशतले घटेको छ।
धेरै देखि थोरै निष्क्रिय कर्जा अनुपात हुने बैंकहरु क्रमशः यसप्रकार रहेका छन्: कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, नेपाल बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक र एभरेष्ट बैंक

रिजर्भ:
वाणिज्य बैंकहरुको रिजर्वको आकार बढेको छ। १९ वाणिज्य बैंकहरुको रिजर्वमा २ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ। सबैभन्दा बढी पैसा रिजर्भमा नबिल बैंकसँग ३२ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने माछापुच्छ्रे बैंकसँग सबैभन्दा थोरै ५ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा सबै बैंकहरुको रिजर्वको आकार बढेको छ।
रिजर्वमा धेरै पैसा हुने वाणिज्य बैंकहरु क्रमश यसप्रकार रहेका छन : नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंक

वितरणयोग्य मुनाफा:
गत आर्थिक वर्षमा ४ बैंकको वितरणयोग्य मुनाफा बढेको छ भने ९ वटाको वितरणयोग्य मुनाफा घटेको छ। यस्तै ४ बैंकको वितरान्योग्या मुनाफा ऋणात्मक रहेको छ। वितरणयोग्य मुनाफा ऋणात्मक भएको हुँदा एनआईसी एशिया, नेपाल इन्भेष्टमेण्ट मेगा, कुमारी र हिमालयन बैंकले लाभांश दिन सक्दैनन्। अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य मुनाफा ऋणात्मक रहेका प्रभु बैंक र प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा धनात्मक भएको छ।
सबैभन्दा बढी वितरणयोग्य मुनाफा नबिल बैंकको ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने सबैभन्दा थोरै हिमालय बैंकको ५ अर्ब ७८ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
वितरणयोग्य मुनाफा धेरै हुने वाणिज्य बैंकहरु क्रमश यसप्रकार रहेका छन : नबिल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र हिमालयन बैंक

प्रति सेयर आम्दानी:
गत आर्थिक वर्षको अन्त्यसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ वाणिज्य बैंकको प्रतिसेयर आम्दानी बढेको छ भने १० बैंकको प्रतिसेयर आम्दानी घटेको देखिएको छ। वाणिज्य बैंकहरुमध्य सबैभन्दा बढी प्रतिसेयर आम्दानी स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५.०९ रुपैयाँ रहेको छ भने सबैभन्दा थोरै कुमारी बैंकको ८.८ रुपैयाँ छ।
प्रतिसेयर आम्दानी धेरै हुने वाणिज्य बैंकहरु क्रमश यसप्रकार रहेका छन: स्टान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स