नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई धेरै सोझो रहेको र उनले मध्यरातको सम्झौता ख्याल राख्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमतिको नियतमा प्रश्न उठाएका हुन् ।
उनले भनेका छन्, ‘हाम्रो शेरबहादुर माननीय पनि साह्रै सोझो हुनुहुन्छ । उहाँ बुझ्दै बुझ्नुहुन्न जस्तो पनि लाग्छ, फेरि बुझ्न त सिपालु हुनुहुन्छ । ख्याल गर्नुस्, दुई दलीय शासनले देशलाई नोक्सान पुर्याउँछ । दुई दलीय नाममा एक दलीय शासनमा जाने कुरा जनतालाई स्वीकार्य छैन ।’
















प्रतिकृया