नेपाली काँग्रेसका सांसद विनोद चौधरीले धितोपत्र बोर्ड र नेप्सेको रिफर्म आवश्यक रहेको बताए। उनले अन्तर्राष्ट्रिय नियमायक निकायहरुले अपनाएका अभ्यास र कानून हेरेर सेबोन र नेप्सेलाई रिफर्म गर्ने नीति बनाउन आवश्यक रहेको बताएका छन् । उनले पुँजीबजार समग्र देशको अर्थतन्त्र विस्तारको औजार भएको दाबी गर्दै पुँजीबजारमा सुधारको लागि लगानी संरक्षण र सुरक्षित गर्ने नीति आवश्यक रहेको उल्लेख गरे । उनले पुँजीबजारमा जति सक्दो लगानी भित्र्याउन सक्नुपर्ने धारणा राखे।
उनले भने ,‘आन्तरिक तथा वाह्य कम्पनीहरुलाई कसरी पुँजीबजारमा ल्याउने भन्ने सोच्नुपर्छ । यो नेपालमा मात्रै शुरुवात गरेका हैनौं । विश्वका विभिन्न देशमा धितोपत्र बजारको प्रयोग सफल भएका देशहरु पनि छन् । नयाँ ऐनका कुराहरु आइरहेका छौं । त्यसमा धितोपत्र बोर्ड र नेप्सेलाई ओपन गर्नुपर्छ ।’
उनले धितोपत्र बोर्डमा अहिलेसम्म धेरै चलखेलमा चल्ने गरेको भन्दै यस्ता खालका चलखेलले सधैँ लगानीकर्तामा आत्मबलको कमी ल्याउने बताए । उनले पुँजीबजारमा कम्पनीको शेयर तल माथि हुनु स्वाभाविक भएको बताएका छन्।
उनले भने ,‘नेपालकै स्टक मार्केट १८ सयमा रहेको केही दिन बढेर ३ हजारमा पुग्यो अहिले फेरि २६ सयमा झरेको छ । नेटवर्थ समाएर बसेर यहाँ भन्दा माथि जान दिन भनेर समाएर बसेर हुँँदैन । बजार घटबढ हुनुभनेको मार्केट सेन्टिमेन्टको कुरा पनि हो ।’
उनले नेपालमा अप्रेशनमा नआएका आयोजनाको पनि आईपीओ जारी हुने गरेको बताए । उनले आईपीओ जारी गर्ने विषयमा अन्तर्राष्ट्रिय अभ्यास र कानूनका आधारमा जारी गर्न दिए अन्तर्राष्ट्रिय रुपमा लिगेसी बोकेका संस्थाहरु पनि आईपीओमा आउन सक्ने बताए । उनले तजबिजी अधिकार हुँदा आईपीओ लगायतमा समस्या रहेको बताएका छन्। उनले धितोपत्रबोर्डको अध्यक्ष ल्याउने नै त्यस्तो काम गराउन ल्याउने खोज्ने गरेको धारणा राखे। उनले यो मानिसिकताबाट नेपालको क्यापिटल मार्केट र लगानी दुवै माथि नजाने उल्लेख गरेका छन् । —न्युज एजेन्सी नेपाल
















प्रतिकृया