देशका विभिन्न शहर र राजमार्गमा गएको बाढीपहिरोले कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्यमा वृद्धि गराएको छ। आज अधिकांश तरकारीको मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको छ।
कालिमाटीमा आज प्याज सुकेको औसत मूल्य प्रतिकिलो १३०, रातो आलुको औसत मूल्य प्रतिकिलो ८१ रुपैयाँ र भारतीय रातो आलुको मूल्य ६१ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै बन्दा औसत मूल्य प्रतिकिलो १०५ , स्थानीय काउली १३०, लाम्चो भन्टा , डल्लो भन्टा ९५, तने बोडी ११०, मकै बोडी ९५, घिउ सिमी ९५, तिते करेला ११०, रुपैयाँ प्रतिकिलोमा किनबेच भएको छ।
उता ताजा माछा रहुको औसत मूल्य प्रतिकिलो ३३५, बचुवा माछा २४५, छडी माछा २४०, राजा च्याउ २९० कायम भएको छ ।














![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया