जिम्बाबेले भारतविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न टी- २० सिरिजको पहिलो खेलमा जिम्बाबेले भारतलाई १३ रनले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेको हो ।
जिम्बाबेले दिएको ११६ रनको मध्यम लक्ष्य पछाएको भारतले १९.५ ओभरमा अल आउट हुदै १०२ रन मात्र बनाएको थियो ।
भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक ३१ र वाशिंगटन सुन्दरले २७ रन बनाएका थिए । त्यस्तै आभेश खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै भारतीय ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा जिम्बाबेका बलर सिकन्दर राजा र टेन्डाई चतराले ३-३ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ९ विकेट गुमाउदै ११५ रन बनाएको थियो । जिम्बाबेका लागि क्लिभ मडान्डेले सर्बाधिक २९ रन बनाए भने डिओन मेयर्सले २३, ब्रायन बेन्नेटले २२ र वेसली मढेभेरेले २१ रन बनाएका थिए ।
त्यस्तै भारतीय बलर रवि बिस्नोईले सर्बाधिक ४ विकेट लिएका थिए भने वाशिंटन सुन्दरले २ विकेट लिएका थिए ।
यो जितपछि ५ खेलको सिरिजमा जिम्बाबे १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया