कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य लगातार बढिरहेको छ। बाढी–पहिरोले विभिन्न राजमार्ग अवरुद्ध हुँदा तरकारीहरू राजधानीमा आइपुग्न नसक्दा भाउ लगातार उकालो लागिरहेको छ।
आज कालिमाटीमा पार्सलेको मूल्य प्रतिकिलो २,२६६ रुपैयाँ पुगेको छ, जसको मूल्य हिजो १,९०० रुपैयाँ थियो। यसमा प्रतिकिलो ३६६ रुपैयाँको वृद्धि भएको हो।
त्यस्तै, ठूलो गोलभेंडाको भाउ पनि आज १३५ रुपैयाँ पुगेको छ, जुन असोज ८ मा ९० रुपैयाँ प्रतिकिलो थियो। हिजो यसको मूल्य ११० रुपैयाँ थियो।
छ्यापीको मूल्यमा पनि ठूलो वृद्धि देखिएको छ। सोमबार १७० रुपैयाँमा कारोबार भएको छ्यापी आज ३२६ रुपैयाँ पुगेको छ, जसमा प्रतिकिलो १५६ रुपैयाँको वृद्धि भएको हो।














![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया