नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि मंसिर ८ गतेदेखि करिब एक हप्ता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको छ।
बिजुली कटौती बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। मंसिर ८ गते साँखु बजार क्षेत्रमा, १० र १२ गते स्वयम्भू क्षेत्रमा, १३ गते स्युचाटार सबस्टेसन क्षेत्रमा, १४ गते फिकल क्षेत्रमा, र १५ गते पुनः स्वयम्भू क्षेत्रमा बिजुली जाने प्राधिकरणले जनाएको छ। मौसम प्रतिकूल रहेमा भने विद्युत् कटौती नहुने पनि स्पष्ट गरिएको छ।















प्रतिकृया