ओलीलाई प्रचण्डको जवाफ: अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २० गते
ओलीलाई प्रचण्डको जवाफ: अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरू संविधान विपरीतका अभिव्यक्ति दिइरहेको आरोप लगाउँदैत्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

बिहीबार आयोजित सहिदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कार्यकर्तालाई  निर्देशन दिएका हुन्। ‘अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ,’ प्रचण्डले भने, ‘संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ।’  । शहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।

उनले संविधानका कुरालाई खुलेर भन्न किन हिचकिचाएको भनेर प्रश्न समेत उठाए। प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राउण्ड किक’ भन्ने अभिव्यक्तिको पनि प्रतिक्रिया दिदै, उनले भने  , ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले। अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्।’

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स