आज हरियो लसुनको भाउ आकाशियो, अन्य तरकारीको मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ९ गते
आज हरियो लसुनको भाउ आकाशियो, अन्य तरकारीको मूल्य कति ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज  हरियो लसुन भाउ आकाशिएको छ ।

हिजो १८० रुपियाँमा किनबेच भएको लसुन आज किलोमा १४६ रुपियाँले बढेर ३२६ रुपियाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, छ्यापी पनि ४९ रुपियाँले घटेर प्रतिकिलो २२६ रुपियाँ पुग्यो, धनियाँ पनि हिजो भन्दा ७४ रुपैयाँले घटेर २२६ रुपियाँ प्रतिकिलो भएको छ ।

आज लोकल गोलभेंडा ३१, सेतो आलु ५४, प्याज हरियो २४०,  भन्टा ४०, तनेबोडी ७५, लौका ५५, चिचिन्डो ३५, लौका ५५, डल्ले च्याउ र कुरिलो ३२६, ब्रोकाउली १६६ र पार्सले १२५० रुपियाँमा कारोबार भइरहेको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ ०९, २०८१

स्रोत: कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स