SHAREHUBSHAREHUB

आज हरियो लसुनको भाउमा ठूलो गिरावट, अन्य तरकारीको मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ८ गते
AdvertisementAds
आज हरियो लसुनको भाउमा ठूलो गिरावट, अन्य तरकारीको मूल्य कति ?
AdvertisementAds

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी,फलफुल र माछाको मुल्य सार्वजनिक गरेको छ जसअनुसार आज हरियो लसुनको मूल्यमा ठूलो गिरावट आएको छ। हिजो प्रतिकिलो ३२६ रुपियाँमा कारोबार भएको हरियो लसुन आज १५० रुपियाँले घटेर १७६ रुपियाँमा सीमित भएको छ।

यस्तै, अघिल्लो दिन १७० रुपियाँ रहेको कन्य चाउको भाउ २० रुपियाँले बढेर आज १९० रुपियाँ पुगेको छ।

मंगलबार कालिमाटीमा लोकल गोलभेंडा ३५, रातो आलु ७७, भन्टा ३५, घिउसिमी ८१, करेला ७५, लौका ३५, परवर ६५ र घिरौंला ७५ रुपियाँ प्रति किलोमा बिक्री भइरहेको छ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. असोज ०८, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स