कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज कन्य च्याउ र हरियो धनियाँको मूल्य घटेको छ । हिजो १९२ रुपियाँमा बिक्री भएकोे कन्य च्याउ आज प्रतिकिलो १६३ रुपियाँमा झरेको छ । यो किलोमा २९ रुपियाँले घटेको हो ।
त्यस्तै, हरियो धनिया किलोमै ११० रुपियाँ घटेको छ, ३५० रुपियाँ किलो बिक्री भइरहेको धनियाँ हिजो भने ४६२ रुपियाँ थियो ।
आज ठूलो गोलभेंडा ८५, बन्दा ६५, काउली ८५, काउली ११०, भन्टा ४५, करेला ३५, लौका ४५, परवर ९५, चिचिन्डो ३५, पाकेको फर्सी ६३, पिँडालु ८५, रायो साग ९५ र ब्रोकाउली १९० रुपियाँमा किनबेच भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।



















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया