कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल, तरकारी, र माछाको नयाँ मूल्यसूची जारी गरेको छ। आज कन्य च्याउ र डल्ले च्याउको भाउमा वृद्धि भएको छ। हिजो प्रतिकिलो औसत १४० रुपियाँ रहेको कन्य च्याउ आज ३६ रुपियाँले बढेर १७६ रुपियाँ पुगेको छ।
त्यस्तै, डल्ले च्याउको मूल्य पनि ५० रुपियाँले बढेर आज ४७६ रुपियाँमा बिक्री भइरहेको छ, अघिल्लो दिन यसको भाउ ४२६ रुपियाँ थियो।
यसैबीच, ब्रोकाउलीको भाउमा गिरावट आएको छ। हिजो प्रतिकिलो १५० रुपियाँ रहेको ब्रोकाउली आज १७ रुपियाँले घटेर १३३ रुपियाँमा झरेको छ।
आज ठुलो गोलभेडा ५५, रातो आलु ७०, प्याज १२६, रायो साग ११०, केरा १४५, अनार ३७६, अंगुर ४२६ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।
उता ताजा माछा(रहु) औसत ३४५, ताजा माछा(बचुवा) २५५, ताजा माछा(छडी) २९० रुपैयाँ प्रतिकिलोमा किनबेच हुँदै छ ।









![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया