नेपाली कांग्रेस र नेकपा एमालेले आजै सरकार गठनका लागि दाबी पेश गर्न शितलनिवास गएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुरुप दाबी पेश गर्न असार ३० आइतबार साँझ ५ बजेसम्मका लागि दाबी पेश गर्ने समय दिएका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ मा संसद्मा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्ने व्यवस्था छ । एमाले र कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन दाबी पेश गर्न लागेका हुन् ।




















प्रतिकृया