कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ जसअनुसार आज तनेबोडी, घिउसिमी, र झिगुनीको मूल्यमा गिरावट आएको छ। आज तनेबोडी औसत प्रतिकिलो ८५ रुपियाँमा किन्न सकिन्छ, जुन हिजोको तुलनामा २३ रुपियाँले घटेर आएको हो। हिजो यसको मूल्य १०८ रुपियाँ थियो।
त्यस्तै, घिउसिमीको मूल्य पनि घटेको छ। बुधबार ९५ रुपियाँमा कारोबार भएको घिउसिमी आज १० रुपियाँले घटेर ७५ रुपियाँमा पुगेको छ। झिगुनीको मूल्य पनि घट्दै ४५ रुपियाँमा पुगेको छ, जुन हिजो ५५ रुपियाँ थियो।
बजारमा अन्य तरकारीको मूल्य यस्तो रहेको छ: ठूलो गोलभेंडा ६५ रुपियाँ, लोकल गोलभेंडा २८ रुपियाँ, बन्दा ६५ रुपियाँ, काउली १०५ रुपियाँ, भन्टा ३५ रुपियाँ, लौका ५५ रुपियाँ, घिरौंला ६५ रुपियाँ, करेला ७५ रुपियाँ, रायो साग १३० रुपियाँ, हरियो प्याज २२६ रुपियाँ, कन्य च्याउ १७६ रुपियाँ, र ब्रोकाउली १३३ रुपियाँ प्रतिकिलोमा उपलब्ध छ।














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया