यो साता सेयरबजार परिसूचक नेप्से ६६ अङ्कको वृद्धिसँगै २६५४ अंकको विन्दुमा मा बन्द भएको छ। नेप्सेसँगै यो साता कारोबार पनि बढेको छ। उपसमूहगत रूपमा हेर्दा फाइनान्स बाहेक सबै सेक्टर बढेका छन्। सबैभन्दा बढी अन्य उपसमूह ९.४० प्रतिशतले बढेको छ। सेयरबजार बढेसँगै लगानीकर्तामा उत्साहित बनेका छन्।
यो साता सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा धेरै फाइदा कमाएका छन्। सप्तकोशीको सेयर मूल्य ११७५ रुपैयाँबाट १५०० रुपैयाँ पुग्दा यो साता मात्रै २७.६६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, डोलटी हाइड्रोपावरको सेयर मूल्य २६.५४ प्रतिशतले बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य २५ प्रतिशतले वृद्धि भएर १४८० रुपैयाँमा बन्द भएको छ।
धौलागिरी लघुवित्तको सेयर मूल्य १६७१ रुपैयाँबाट २४.९० प्रतिशतले बढेर २०८७ रुपैयाँमा पुगेको छ। सामुदायिक लघुवित्तको सेयर मूल्य २०.९० प्रतिशतले बढेर २१९७ रुपैयाँ पुगेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १६.९० प्रतिशतले बढेर १९३३.५० रुपैयाँ पुगेको छ भने नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य १६.८६ प्रतिशतले बढेर ९१७ रुपैयाँमा पुगेको छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयरमूल्य १५.९८ प्रतिशतले बढेर ५३७ रुपैयाँ पुगेको छ। यस्तै बोटलर्स नेपाल (बालाजु) (BNL) को सेयर मूल्य १५.९६ प्रतिशतले बढेर १९,००५.६० रुपैयाँ पुगेको छ। त्यस्तै, हिमालयन पावर पार्टनरको सेयर मूल्य १३.१३ प्रतिशतले बढेर ५१७ रुपैयाँमा बन्द भएको छ।
यी कम्पनीहरूमध्ये सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्, भने अन्य कम्पनीहरूले पनि लगानीकर्ताहरूलाई आकर्षित गर्न उल्लेख्य प्रदर्शन गरेका छन्।


प्रतिकृया