विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट यही साताभित्र हुने प्रारम्भिक तयारी भइरहेको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार केही प्रक्रिया बाँकी रहेकाले शुक्रबारसम्म बाँडफाँट गर्ने योजना छ, यद्यपि मिति यकिन भइसकेको छैन।
एफपीओमा माग अत्यधिक भएकाले गोलाप्रथाबाट बाँडफाँट हुने भएको छ। कुल १९ लाख ७४ हजार ७०९ जनाले २ करोड ३३ लाख ८४ हजार कित्ताका लागि आवेदन दिएका छन्, तर ५ हजार १२९ जनाले मात्र सेयर पाउनेछन्। कम्पनीले चैत २१ देखि २६ गतेसम्म ५१ हजार २९२.५० कित्ता एफपीओ प्रतिकित्ता १०० रुपैयाँमा निष्काशन गरेको थियो।
सर्वसाधारणको स्वामित्व ३० प्रतिशत पुर्याउन एफपीओ ल्याइएको हो। क्रेडिट रेटिङ संस्था केयर नेपालले यस एफपीओलाई ‘NP B’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम संकेत गर्छ।









![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)





![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया