पदभार सम्हाल्दै विजयले गरे निःशुल्क बिजुलीदेखि महिला सुरक्षासम्मका यी निर्णयमा हस्ताक्षर

पदभार सम्हाल्दै विजयले गरे निःशुल्क बिजुलीदेखि महिला सुरक्षासम्मका यी निर्णयमा हस्ताक्षर

तमिलनाडुको राजनीतिमा नयाँ इतिहास रच्दै सी. जोसेफ विजय नेतृत्वको तमिलगा वेत्री कझगम (TVK) ले ठूलो राजनीतिक परिवर्तनको संकेत गरेको छ।

आइतबार विजयले राज्यको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनको आगमनसँगै तमिलनाडुमा विगत ६ दशकदेखि प्रभावमा रहेको दुई प्रमुख द्रविड दलहरू डीएमके (DMK) र एआईएडीएमके (AIADMK) बीचको आलोपालो सत्ताको परम्परा अन्त्य भएको बताइएको छ।

शपथ ग्रहणपछि पदभार सम्हाल्दै विजयले समारोहस्थलमै तीनवटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्।

यस्तो छ उनका प्रारम्भिक निर्णयहरू

१. निःशुल्क बिजुली: प्रत्येक घरधुरीलाई मासिक २०० युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने।

२. लागूऔषध नियन्त्रण: राज्यमा व्याप्त लागूऔषधको समस्या समाधान गर्न प्रत्येक जिल्लामा ‘विशेष सुरक्षा बल’ गठन गर्ने।

३. महिला सुरक्षा: महिलाहरूको सुरक्षा सुनिश्चित गर्नका लागि छुट्टै ‘विशेष कार्यदल’ (Special Task Force) स्थापना गर्ने।

शपथ ग्रहण समारोह तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियममा आयोजित भव्य कार्यक्रममा सी. जोसेफ विजय लाई मुख्यमन्त्रीका रूपमा शपथ गराएका हुन्।

२३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकहरूको समर्थन प्राप्त भएपछि विजयलाई शनिबार नै सरकार गठनका लागि आमन्त्रण गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स