नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन्। नेरुडे लघुवित्तमा करिब १ हजार १ सय कर्मचारी कार्यरत रहेका छन् भने उपकार लघुवित्तमा एकसय भन्दा बढी कर्मचारी कार्यरत छन्।
कोषको यस योजनामा संघ–संस्थाहरू र ती संस्थामा कार्यरत कर्मचारीहरूले योगदान वा गैर–योगदानमा आधारित उपदान योजना मार्फत सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। यसअघि पनि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड यस योजनामा आवद्ध भइसकेको थियो।
कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा संस्थागत कर्मचारीहरूको उपदान संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत्तिपछि भुक्तानी गर्ने व्यवस्था रहेको छ। हाल यस योजनामा १ हजार १५० संघ–संस्था र करिब ३३ हजार कर्मचारी सहभागी छन्।
यस योजनामा सहभागी कर्मचारीहरूले आवास कर्जा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा पाउनेछन्। साथै, आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक कार्यका लागि सरल कर्जा सुविधा उपलब्ध हुने व्यवस्था पनि गरिएको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया