भूकम्पले हल्लाएको जापानमा अब सुनामीको खतरा

भूकम्पले हल्लाएको जापानमा अब सुनामीको खतरा
AdvertisementAds

अमेरिकी भूगर्व सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण त्यहाँ सुनामीको चेतावनी जारी भएको छ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युसु क्षेत्रको मियाजाकी प्रिफेक्चरनजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउन सक्ने बताइएको छ।

युएसजिएसले आफ्नो अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ।तैपनि जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ। एजेन्सीले एक्समा भनेको छ, ‘सुनामी बारम्बार आउन सक्छ। कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रनजिक नजानुहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स