instainsta

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश पाउन आजै सेयर किन्नुपर्ने, कति दिँदैछ लाभांश?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १६ गते
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश पाउन आजै सेयर किन्नुपर्ने, कति दिँदैछ लाभांश?
AdvertisementAds

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख १६ गते अन्तिम दिन रहेको छ। सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्दैछ। जस अनुसार आज वैशाख १६ गतेसम्म कायम सेयरधनी मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।

उक्त लाभांश पारित गर्न कम्पनीले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।उक्त सभाले १५ प्रतिशत नगद लाभांश दिने बिशेष प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स