जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १० लाख राहत

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २९ गते
जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १० लाख राहत

जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका नागरिकलाई सरकारले शहीद घोषणा गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेको दिनमै उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन्। सरकारको निर्णय अनुसार शहीद घोषणा गरिएका मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराइनेछ।

आन्दोलनका क्रममा हालसम्म ७२ जनाको ज्यान गएको पुष्टि भएको छ। ज्यान गुमाउनेमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। त्यस्तै, आन्दोलनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स