पेट्रोल र डिजेलको मूल्य घट्यो, अब प्रतिलिटर कति तिर्नुपर्छ ?

पेट्रोल र डिजेलको मूल्य घट्यो, अब प्रतिलिटर कति तिर्नुपर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको हो।

नयाँ मूल्यअनुसार अब पेट्रोलको दर काठमाडौं, पोखरा र दिपायलमा १ सय ५४ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने सुर्खेत र दाङ क्षेत्रमा १ सय ५६ रुपैयाँ पुगेको छ। त्यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ तोकिएको छ।

डिजेलको हकमा काठमाडौं, पोखरा र दिपायलमा नयाँ मूल्य १ सय ३९ रुपैयाँ ५० पैसा पुगेको छ, भने सुर्खेत र दाङमा १ सय ४१ रुपैयाँ र अन्य क्षेत्रहरू — चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज — मा १ सय ४२ रुपैयाँ कायम गरिएको छ। मूल्य समायोजनको यो निर्णय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको कारण गरिएको हो।

Nigam 1 https://bajarkochirfar.com/the-prices-of-petrol-and-diesel-have-dropped-how-much-should-you-pay-per-liter-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स