सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभ अग्रवाल र दीपक भट्टको घरमा छापा मार्यो

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २ गते
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभ अग्रवाल र दीपक भट्टको घरमा छापा मार्यो
AdvertisementAds

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टको घरमा तथा हिमालयन रिइन्स्योरेन्सको मुख्य कार्यालयमा छापा मारेको छ।

अनुसन्धानको क्रममा उनीहरूको घरसहित हिमालयन रिइन्स्योरेन्सको केन्द्रीय कार्यालयबाट महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ।

विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि आवश्यक प्रमाण संकलन गर्न सोमबार तीन स्थानमा छापा मारेको हो। सो क्रममा अनुसन्धानसँग सम्बन्धित कागजात, मोबाइल फोन, सीपीयू लगायतका सामग्री जफत गरेको छ।

यसअघि विभागले दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २१ गते पक्राउ गरेको थियो। हाल उनीहरूलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

सुलभ अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने दीपक भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स